बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्रीका लागि उडान समय सार्दा दुबई जाने ३१ यात्रु छुटे

प्रधानमन्त्रीका लागि उडान समय सार्दा दुबई जाने ३१ यात्रु छुटे

 |  बिहीबार, मंसिर १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं- नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली बुधबार राति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गर्ने तालिका थियो। त्यही जहाजमा टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन्। ती यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ।

प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन्। यात्रु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एयरलाइन्सले बताएको छ।

प्रधानमन्त्रीलाई दुबई लैजान नेपाल एयरलाइन्सको उडान पूर्वनिर्धारित समयभन्दा दुई घण्टा अघि सारिएको थियो। साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो।

उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रु फर्किन बाध्य भएका हुन्। ती यात्रुलाई आज उडाइने नेवानिले बताएको छ।
 

प्रकाशित: Nov 30, 2023| 10:24 बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्