सोमबार, मंसिर २९, २०८२

सय वर्ष बाँचेर बिते अमेरिकी पूर्व विदेशमन्त्री किसिन्जर

 |  बिहीबार, मंसिर १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १४, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- अमेरिकाका पूर्व विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको निधन भएको छ। किसिन्जरको बुधबार कनेक्टिकटस्थित घरमै निधन भएको किसिन्जर एसोसियट्सको विज्ञप्तिमा उल्लेख छ।

उनको मृत्युको कारण भने बताइएको छैन। किसिन्जर सन् १९७० को दशकमा अमेरिकी विदेश नीतिको पर्याय थिए। उनले यसअघि नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरेका थिए। उनको जन्म २७ मे १९२३ मा जर्मनीमा भएको थियो। उनका बुबा लुइस किसिन्जर शिक्षक थिए। हेनरी सन् १९४३ देखि १९४९ सम्म अमेरिकी सेनामा समेत थिए। 

जर्मनीमा तानाशाही नाजीहरुसँग जोगिन उनको परिवार सन् १९३८ मा अमेरिका गएको थियो। भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
 

प्रकाशित: Nov 30, 2023| 10:03 बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्