आइतबार, वैशाख १३, २०८३

सिरहामा श्रीमती हत्या आरोपमा यादव पक्राउ

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

सिरहा- सिरहा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ।

National life

सिरहा नगरपालिका–१५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई ३० वर्षीया श्रीमती सञ्जिताकुमारी यादवको हत्या अभियोगमा आज पक्राउ गरेको हो। गत बिहीबार ७ गते श्रीमती हत्या गरी फरार रहेको यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले भारतीय सीमा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्रराज पाण्डेले जानकारी दिए।

घरायसी विवादका क्रममा श्रीमानले इँटा र भाटाले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। गम्भीर घाइते भएकी उनलाई उपचारको लागि छिमेकी भारतीय बजार जयनगर लगेको सूचना प्राप्त हुनासाथ प्रहरीले खोजतलास र अनुसन्धान गर्दा हत्या गरी भारततर्फ लगेको खुलेको बताएको छ।

यादवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भारतको मधुबनी जिल्लाको खजोली थानाअन्तर्गत सलरा भन्ने ठाउँको झाडीमा फालेको खुलेपछि भारतीय प्रहरीको सहयोगमा शव खोजतलास गरी फेला परेको प्रहरीले जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको छ। मृतकका पाँच छोराछोरी छन्। प्रहरीले सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Nov 29, 2023| 22:50 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्