बिहीबार, असार २५, २०८३

नक्कली नोटसहित एक जना पक्राउ

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

काठमाडौं- नक्कली नोटसहित एक जना पक्राउ पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन्।

काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली जस्तो देखिने नोटसहित चेपाङलाई प्रहरीले पक्राउ गरेको हो।

उक्त ठाउँस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 29, 2023| 22:28 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्