आइतबार, मंसिर २८, २०८२

बबई लिफ्टिङ आयोजना : पाइप विस्तारको काम थालियो

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

तुलसीपुर- दाङको तुलसीपुरमा खानेपानी आपूर्तिका लागि निर्माण थालिएको बबई लिफ्टिङ आयोजनाअन्तर्गत पाइप बिछ्याउन थालिएको छ। आजदेखि पाइप विस्तार सुरु भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सीताराम शर्माले जानकारी दिए।

National life

अध्यक्ष शर्माका अनुसार बबई नदीबाट तुलसीपुर बजार ल्याउन लागिएको उक्त पानीका लागि मुख्य लाइनको पाइप विस्तार सुरु भएको हो। त्यहाँबाट टरिगाउँ एयरपोर्टस्थित ट्यांकी र तत्कालीन अञ्चल प्रहरी कार्यालय नजिकको ट्यांकीमा पानी ल्याइनेछ। त्यसपछि अन्य सहायक ट्यांकीमा पानी वितरण हुने अध्यक्ष शर्माले बताए।

पाइप विस्तार कार्यको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले शिलन्यास गरे। ट्यांकी निर्माण कार्य अन्तिम चरणमा पुगिसकेकाले पाइप विस्तारको कार्यलाई अघि बढाइएको हो। सल्यानरोडस्थित खानेपानी कार्यालय परिसरमा रहेको ट्यांकी र बबई नदीमा ट्यांकी निर्माण भइसकेको छ भने मोतिपुर, कबर्डहल र एयरपोर्टको ट्यांकी निर्माण भइरहेको छ।

सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बबई लिफ्टिङको काम हालसम्म ३५ प्रतिशत पूरा भएको छ। ५६ करोड ८० लाख २४ हजार छ सय ३० रूपैयाँको लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो। नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो।

सरकारले ३८ करोड ८३ लाख, १७ हजार दुई सय ४१ र उपभोक्ताको १७ करोड सात लाख तीन सय ८८ रूपैयाँ लाग्छ। उपभोक्ताको तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको छ। नगर विकास समितिबाट १४ करोड २२ लाख ५६ हजार एक सय ५८ रूपैयाँ ऋण लिएको र बाँकी दुई करोड ८४ लाख ५१ हजार दुई सय ३१ रूपैयाँ उपभोक्ताले तिरेका छन्। 

Laxmi sunrise bank
kumari

तुलसीपुर-अमिलिया सडकको बबई पुलदेखि पूर्वतिर तीन वटा सम्पवेल (इनारजस्तै पानी संकलन गर्ने प्रविधि) बन्नेछ। त्यसको तीन सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बन्नेछ। जहाँ र्‍यापिड स्यान्ड फिल्टर दुई वटा शीतलपुरमा र मल्टिग्रेड प्रेसर फिल्टर ६ वटा निर्माण हुनेछन्। मल्टि ग्रेड फिल्टर जहाँ ट्यांकी निर्माण हुन्छ, त्यही स्थानमा निर्माण हुनेछन्। 

त्यस्तै शीतलपुरमा आरभिटी कलेक्सन चेम्बर पाँच सय घनमिटर, इन्टर मिडियट आरभिटी टकी सङ्तनिरङकारी नेर तीन सय घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटि तीन सय घन मिटर बन्नेछ।  

त्यस्तै चारवटा ओभरहेड ट्यांकी निर्माण हुनेछन्। शिखर कोलेनीमा चार सय ५० घनमिटर, झुमरेमा चार सय ५० घनमिटर , मोतिपुरमा दुई सय २५ घनमिटर, इन्द्रनगरमा चार सय ५० मिटर घनमिटर ओभरहेड ट्यांकी पनि निर्माण हुनेछन्। दुईवटा अन्डर ग्राउन्ड ट्यांकी निर्माण हुनेछन्। डुम्रिगाउँमा छ सय घनमिटर र खानेपानी कार्यालय परिसरमा तीन सय घनमिटर अन्डरग्राउन्ड ट्यांकी निर्माण हुनेछन्।

त्यस्तै प्रसारण पाइपलाइन २८ दशमलव ३१५ किलोमिटर हुनेछ भने पानी वितरण पाइप एक सय २५ दशमलव ७५२ किलोमिटर हुनेछ। साथै सातवटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस पनि निर्माण हुनेछन्। बबई लिफ्टिङबाट डिपबोरिङबाट प्रतिसेकेन्ड ६०/६० लिटर पानी आपूर्ति गर्न सकिनेछ। त्यस्तै ६ वटा डिपबोरिङ निर्माण हुनेछन्।

गोलौरा, सन्तनिरङ्कारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, सीप विकास कार्यालय नजिक, इन्द्रनगर र पहिलेको संघीय प्रहरी कार्यालय गरी विभिन्न ६ स्थानमा डिपबोरिङ पनि निर्माण हुनेछन्। जसबाट प्रतिसेकेन्ड ४० लिटर पानी उत्पादन गरिनेछ।

तुलसीपुर खानेपानीका अहिलेसम्म आठ हजार दुई सय २६ धारा रहेका छन्। तर, बबई लिफ्टिङको काम पूरा भएमा पाँच हजार पाँच सय धारा थप हुनेछन्। हाल  तुलसीपुर खानेपानीका मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरी आठ वटा ग्राभेटी मुहान छन्।

त्यस्तै कार्यालय परिसरमा डिपबोरिङ,  डुम्रिगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेड्क्रस परिसरमा भूमिगत मुहानस्रोत रहेका छन्। त्यस्तै रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन्।

प्रकाशित: Nov 29, 2023| 19:02 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्