आइतबार, वैशाख १३, २०८३

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्नेलाई कारबाही

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

रसुवा- पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई अखाद्य सामग्री बिक्रीवितरण गर्ने होटल तथा व्यापारीलाई कारबाही गरेको छ।

National life

मूल्यसूची नदेखाउने र बिजबिजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई बजार अनुगमन समितिले २० हजारका दरले जरिवाना गराउँदै आगामी दिनमा मापदण्डका अधीनमा रही व्यवसाय सञ्चालन गराउन सचेतसमेत गराएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले गोसाइँकुण्ड जाने धार्मिक मार्ग र कुण्ड स्थलमा रहेका होटलले म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गरेको र  बिजबिजक समेत जारी नगरेको अनुगमनका क्रममा फेला पारेको थियो।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड जाने भक्तजनलाई खान बस्न बढी मूल्य लिएको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै पहिलोपटक ती क्षेत्रका होटलको अनुगमन गरिएको जनाइएको छ।

अनुगमनका क्रममा ती होटलबाट बिक्री गरिरहेका पेय पदार्थलगायत विविध खाद्य सामग्री म्याद गुज्रिएको भेटिएको जनाइएको छ।  पेय पदार्थलगायतको चीज स्थानीयस्तरमै नष्ट गर्दै अब गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गराई छोडिएको अनुगमन समितिका सदस्य  बृहस्पति तामाङले जानकारी दिए।

kumari

चन्दनबारीदेखि गोसाइँकुण्डसम्मको ११ होटल अनुगमन गरिएको उनको भनाइ छ। बिजबिजक जारी नगर्ने र मूल्यसूची नराख्ने होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रजिअ ज्ञवालीले बताए।

प्रकाशित: Nov 29, 2023| 22:02 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्