आइतबार, मंसिर २८, २०८२

जंगली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

गलेश्वर- जंगली जनावरले बाली नष्ट पार्न थालेपछि पश्चिम म्याग्दीका विभिन्न स्थानका किसान चिन्तित भएका छन्। मालिका गाउँपालिकाको निस्कोट, देविस्थान, रुम, डाँडागाउँ र धवलागिरि गाउँपालिकाको मुना, मुदी, गुर्जालगायत गाउँका किसानले लगाएको बाली जंगली जनावर बँदेल, बाँदरलगायत जनावरले सखाप पार्दा रातभर जाग्राम बस्न थालेका छन्।

National life

घर भित्र्याउन तयारी अवस्थामा रहेको कोदोबालीलगायत बारीमा लगाएको तरकारी ठूलो सङ्ख्यामा आउने जंगली जनावरले नोक्सान गर्न थालेपछि किसान बालीको सुरक्षाका लागि खेतबारीमा जाग्राम बस्नु परेको मालिका गाउँपालिका-१ निस्कोटका टेकबहादुर पुनले बताए।

यसअघि पनि धान, मकै, कोदोलगायत खाद्यान्न बालीमा बथानका बथान आएर जंगली जनावरले बाली नष्ट गरेको  र अहिले त्यो क्रम झन् बढेर गएको उनको भनाइ छ। 'जंगली जनावरले गरिखान नदिने भए, साँझ परेपछि ठूलो सङ्ख्यामा आएका जंगली जनावरले खेतबारीमा डुलेर बालीनाली सकिदिन्छन्, गाउँलेलाई रातभरी सुत्नै दिँदैनन्', पुनले भने।

'जंगली जनावरलाई भगाउन समूह बनाएर रातभर खेतबारीमा बास बस्छौँ तर, पनि खेती जोगाउन मुस्किल परेको छ', निस्कोटका युवा तपेन्द्र विकले बताए।

मालिका गाउँपालिका-३ डाँडागाउँ र वडा नं २ रुममा पनि जंगली जनावरले सास्ती दिएको स्थानीय किसानको गुनासो छ। पछिल्लो समयमा यहाँका किसानले रातभर जाग्राम बसेर जङ्ली जनावर धपाउन बाहेक बाली जोगाउने अन्य विकल्प नरहेको बताएका छन्।

Laxmi sunrise bank
kumari

पाकेर घरमा भित्र्याउन तयारी अवस्थामा रहेको कोदोबाली, सुन्तला, तरकारीलगायत खेतीमा बँदेलले क्षति पुर्‍याउँदा किसान निकै निराश भएका छन्। 'वन फँडानी रोकिएपछि वन क्षेत्र घना हुँदै गएको छ, गाउँ खाली हुँदै गएका छन्, मानिस पनि गाउँमा कम बस्ने र जंगलमा जंगली जनावरको वृद्धि हुँदै गएपछि आहाराको खोजीमा जनावर गाउँपस्न थालेका हुन्,' मालिका गाउँपालिका-२ रुमका जगबहादुर विकले बताए।

किसानको क्षतिको सम्बन्धित निकायले कुनै व्यवस्थापन नगरेको किसानको गुनासो छ। 'नत जंगली जनावरको नियन्त्रण गर्नतिर चासो छ नत क्षतिको व्यवस्थापनमा स्थानीय सरकारले देखाएका छन्,' निस्कोट ओखलढुंगा गाउँका तप्तप्रसाद पुनले गुनासो गरे। जंगली जनावरले बालीनाली नोक्सान गरेको निवेदन आएका तर क्षतिपूर्तिको बारेमा निर्णय नभइसकेको मालिका गाउँपालिका-१ का वडासदस्य कौशिला पटेलले बताइन्। रासस

प्रकाशित: Nov 29, 2023| 21:21 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्