आइतबार, वैशाख १३, २०८३

तनहुँमा बस दुर्घटना, दुई जनाको मृत्यु

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

तनहुँको ब्यास नगरपालिका-२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

National life

आज बिहान पौने ६ बजे पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग सडक खण्डको घाँसीकुवमा  सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको अन्दाजी ५०-५५ वर्षका टोप बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो।

राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खाणले जानकारी दिए। दुर्घटनामा परी चालकसहित ३६ जना घाइते भएका छन्।

घाइतेहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र तनहुँको रत्नहरी मेमोरियल अस्पताल उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए।

kumari

प्रारम्भिक अनुसन्धान अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो। यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी खाणले बताए।

प्रकाशित: Nov 29, 2023| 09:25 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्