आइतबार, वैशाख १३, २०८३

विवादास्पद धर्मगुरु श्रीनिवाससहित ८ जनालाई चलाइयो मुद्दा

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं- राजतन्त्र पुनर्स्थापनाको अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा सहभागि हुन सडकमा आएका धर्मगुरु आचार्य श्रीनिवाससहित आठ जनाविरुद्ध प्रहरीले मुद्द चलाएको छ।

National life

सोमबार पक्राउ परेका १८ जनामध्ये ८ जनाविरुद्ध  सार्वजनिक शान्तिविरुद्धको कसुर र अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको हो।

आचार्य श्रीनिवाससहित सुनसरीका सुजन खड्का, खोटाङका मोहरमान बस्नेत, सुनसरीका दिपेश खड्का र गोर्खाका अनिल गुरुङविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाइएको छ। आचार्य श्रीवासलाई तीनदिन र बाँकी चारजनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने छ।

यसैगरी लम्जुङका मनोज थापा, काठमाडौंका विनन्जय थापा र सुनसरीका निकेश बास्तोलाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ। उनीहरूमाथि छानबिन गर्न प्रहरीले अदालतबाट तीन दिनको म्याद पाएको छ। 

उनीहरूमध्ये आचार्य श्रीनिवासलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको छ। अन्यलाई प्रहरी वृत्त गौशाला राखिएको छ।

kumari

प्रकाशित: Nov 28, 2023| 21:23 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्