सोमबार, मंसिर २९, २०८२

१७ दिनपछि बाहिर निकालिए सुरुङमा फसेका मजदुर

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

National life
Laxmi sunrise bank
kumari

भारत उत्तराखण्ड राज्यको उत्तरकाशीमा सुरुङभित्र फसेका मजदुरको १७ दिनपछि उद्धार भएको छ। सुरुङमा फसेका ४१ मजदुरलाई एम्बुलेन्समा राखेर बाहिर निकालिएको बीबीसी हिन्दीले जनाएको छ।

उनीहरुलाई स्वास्थ्य परीक्षण र उपचारका लागि अस्पताल लगिएको छ। मजदुरको उद्धारका लागि अर्को सुरुङ खनिएको थियो।

यो दुर्घटना १७ दिनअघि दीपावलीको दिन भएको थियो। त्यतिबेला मजदुर सुरुङमा काम गरिरहेका थिए। सुरुङभित्र पसेपछि मजदुरहरू ६० मिटर लामो भग्नावशेषको पर्खालमा फसेका थिए। त्यसपछि क्रमशः भग्नावशेष हटाउने काम सुरु भयो। यस प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिइएको थियो।

प्रकाशित: Nov 28, 2023| 20:57 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्