बिहीबार, असार २५, २०८३

किन नेगेटिभ हुन्छ हाम्रो दिमाग ?

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

काठमाडौं- दैनिक जीवनमा हामीले कहिले प्रशंसा पाउँछौँ त कहिले आलोचना। तर, हाम्रो दिमागमा प्रशंसा भन्दा पनि आलोचना अर्थात नकरात्मक कुराले बढी स्थान पाइरहेको हुन्छ। हाम्रो दिमागमा सकरात्मकता भन्दा पनि बढी नकारात्मकताले ठाउँ लिएको हुन्छ। यसको प्रमुख कारण हाम्रो दिमागले टिप्पणी गर्ने नकारात्मक विषयप्रतिको बढी फोकस हो। 

जति आनन्द हामी आफ्नो प्रशंसा सुन्नमा पाउँछौं त्यो भन्दा हामीलाई नकारात्मक टिप्पणीले असर गर्छ। यस्ता कुराले दिमागमा लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ। यसै कारण पनि कतिपय अवस्थामा पहिलो भेटमै भेटेका मानिसहरूसँग लामो समयसम्म पनि नकारात्मकता नै बढेको हुन्छ। 

यो हाम्रो प्रकृति नै हो की हामी बढी पीडादायक घटना र बेइज्जतीलाई सम्झन्छौं। हामी छिटो नेगेटीभिटीमा रियाक्ट गर्छौं। बढी नेगेटीभ कुरालाई सोच्छौं। 

उदाहरणको लागि हामी जब कुनै बेला झगडा गर्छौं तब हामी दिन नै खराब भएको ठान्छौं। हामी त्यसअघि र पछिका जती मिठा पल भएपनि ती सबै बिर्सिएर झगडाकै कुरामा बढी केन्द्रित हुन्छौं।

एक अध्ययनअनुसार, नकरात्मक कुरा हाम्रो मस्तिष्कमा अझ बढी समय रहन्छ। सकरात्मकलाई भन्दा पनि बढी हामी नकरात्मक विषयलाई मुल्यांकन गर्न थाल्छौं। नराम्रा कुरा हाम्रो दिमागमा बढी रहन्छ। 

कसरी हटाउने नकरात्मक विचार ?
नकरात्मकताले हाम्रो मानसिक स्वास्थमा असर पर्छ। यसकारण पनि सकरात्मक विचार ल्याउनु महत्वपूर्ण रहन्छ। नकरात्मक विचार हटाउन आफुलाई मन पर्ने गीत सुन्ने, केही समय एक्लै हिड्ने, किताब पढ्ने, कमेडी फिल्म वा भिडियो हेर्ने गर्नुपर्छ।

प्रकाशित: Nov 29, 2023| 05:21 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्