बिहीबार, असार २५, २०८३

रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं- रुसमा गएर त्यहाँको सेनामा भर्ती भएका तीन नेपालीको मृत्यु भएको छ।

मस्कोस्थित नेपाली राजदूतावासका अनुसार रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका–६ स्थित सुनारपानीका राज कुमार रोका, स्याङ्‍जाको पुतलीबजार नगरपालिका–५ स्थित तुलास्वाराका पितम कार्की र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको मृत्यु भएको हो। 

उनीहरुको गत कात्तिक २९ गते मृत्यु भए पनि परिवारजनले भर्खरमात्रै खबर पाएका छन्। उनीहरुको मृत्युको खबर रुसी सेनाका अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले नेपालीको मृत्युबारे त्रिपुरेश्वरस्थित कन्सुलर विभागलाई जानकारी गराउँदै पत्र पठाएको छ।

रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो। रुस-युक्रेन युद्धमा रुसको पक्षबाट लड्न झन्डै २ सय नेपाली रहेको अनुमान गरिँदै आएको छ।

प्रकाशित: Nov 28, 2023| 20:26 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्