बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सरकारी कोटामा बेलायत जान अन्तर्वार्ताका लागि छानिए ७१ नर्स [सूचीसहित]

सरकारी कोटामा बेलायत जान अन्तर्वार्ताका लागि छानिए ७१ नर्स [सूचीसहित]

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं- रोजगारी गर्न बेलायत जान आवेदन दिएका मध्ये ७१ नर्स अन्तर्वार्ताका निम्ति छनोट भएका छन्। वैदेशिक रोजगार विभागले अनलाइन फाराम भरेका मध्ये ७१ जनालाई अन्तर्वार्ताका निम्ति छानेको हो।

पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’का रूपमा १०० नर्स पठाउने योजना छ। तर, मापदण्ड र योग्यताका आधारमा ७१ जनाको मात्र अनलाइन फाराम स्वीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

प्रारम्भिक सूचीमा परेकाहरूको अन्तर्वार्ता आउँदो डिसेम्बर ४ देखि ७ तारिखसम्म हुने विभागले जनाएको छ। अन्तर्वार्ता श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टरका प्रतिनिधिमार्फत ब्रिटिस काउन्सिलमा लिइनेछ।

जीटुजीमार्फत नेपालबाट जाने नर्सले यूके सरकारको मातहतमा पहिलो तीन महिना असिस्टेन्ट हेल्थ केयरगिभर (ब्यान्ड ४)का रूपमा काम गर्नुपर्नेछ। उक्त अवधिमा सातामा ३७ घण्टा काम गरेबापत उनीहरूले प्रतिमहिना दुई हजार २९९ पाउन्ड स्टर्लिङ पारिश्रमिक पाउनेछन्।

तीन महिनापछि भने यूकेको नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस) दर्ता हुन परीक्षा दिनुपर्नेछ। सो परीक्षामा उत्तीर्ण भएपश्चात् ब्यान्ड ५ का रूपमा प्रतिमहिना दुई हजार ३६७ पाउन्ड स्टर्लिङ पारिश्रमिक पाउने श्रम मन्त्रालयका उपसचिव डम्बरबहादुर सुनुवारले जानकारी दिए।

पाइलट प्रोजेक्टको विश्लेषणका आधारमा अर्को ‘लट’मा कति, कहिले र कसरी स्वास्थ्यकर्मी पठाउने भन्ने निर्धारण हुने मन्त्रालयले जनाएको छ।

सूची:

 

प्रकाशित: Nov 28, 2023| 18:00 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्