बिहीबार, असार २५, २०८३

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

फुङ्लिङ- कोशी प्रदेश नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुँदा पाथीभरा आएका सयौँ यात्रु बिच बाटोमै अलपत्र परेका छन्।

मेची राजमार्गमा यातायातका साधन नचल्दा तीर्थयात्री अलपत्र परेका हुन्। यातायातका साधन नचल्दा मेची राजमार्गको ताप्लेजुङ-पाँचथर खण्डअन्तर्गत काबेली, गणेश चोक क्षेत्रमा बिहानदेखि यातायात ठप्प रहेको छ।

गत शनिबार गृह जिल्ला ताप्लेजुङ आका नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउनाका साथै गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका दुईजना पहिचानवादी कार्यकर्ताको रिहाइको माग गर्दै राजमार्ग बन्द गराइएको संघर्ष समितिले बताएको छ।

प्रहरीले पहिचान पक्षधर पाथीभरा याङवराक-घतिरिङे निवासी विविनकालिङवा र आनन्दकालिङवालाई झुटो आरोप लगाएर मङ्सिर ११ गते पक्राउ गरेको दाबी संघर्ष समितिको छ। प्रहरीले शान्तिसुरक्षा बिथोलेका कारण उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

प्रकाशित: Nov 28, 2023| 22:22 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्