मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • लागुऔषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार घुस लिइरहेका सई प्रकाउ 

लागुऔषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार घुस लिइरहेका सई प्रकाउ 

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

National life

बुटबलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

साउदलाई मैनापोखर बर्दियाको मुद्दा शाखाबाट घुस रकमसहित नियन्त्रणमा लिइएको र उनका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ। 

साउदले लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना पाएपछि अख्तियारको टोलीले उनीमाथि निगरानी बढाएको थियो। 

प्रकाशित: Nov 28, 2023| 16:57 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्