बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार दिउँसो सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। एमाले अध्यक्ष ओली आजै धनगढी जाँदैछन्। मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू हुने पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका लागि ओली धनगढी जान लागेका हुन्।

‘झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको अभियान तीन साता चल्नेछ। ओली तीन सातापछि मात्र काठमाडौं फर्कनेछन्।

प्रकाशित: Nov 28, 2023| 15:49 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्