शुक्रबार, वैशाख २६, २०८२

उर्लाबारी आगलागीका मृतकको संख्या पाँच पुग्यो

 |  मंगलबार, मंसिर १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

vianetvianet

मोरङको उर्लाबारीमा भएको आगलागीमा परेर गम्भीर घाइते थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। उर्लाबारी-७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको छ।

triton college

कात्तिक २६ गते लक्ष्मीपूजाको राति भएको आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका थिए। कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेका मध्ये हालसम्म ५ जनाको मृत्यु भइसकेको छ।

अन्य घाइतेको काठमाडौंमै उपचार जारी छ। यसअघि उर्लाबारी-७ कै  ६८ वर्षीय रुकुमबहादुर कार्कीको मंसिर ९ गते शनिबार उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको पनि मृत्यु भइसकेको छ।

लक्ष्मीपूजाको दिन राति साढे १० बजेतिर उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो।  त्यस क्रममा घरको माथिल्लो तलामा बस्ने घरधनीको उद्धारका लागि प्रहरी पुगेको थियो। त्यहीबेला सुनचाँदी पसलमा रहेको ग्यास सिलिण्डर विष्फोट हुँदा धेरैलाई आगाको लप्काले भेटेको थियो। सिलिण्डर विष्फोटमा बाटोमा उभिएकाहरू पनि घाइते भएका थिए।

प्रकाशित: Nov 28, 2023| 11:24 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्