शुक्रबार, वैशाख २६, २०८२

इजरायल र हमासबीच दुई दिन युद्धविराम लम्ब्याउने सहमति

 |  मंगलबार, मंसिर १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

vianetvianet

काठमाडौं- युद्धरत इजरायल र हमासबीच अस्थायी युद्धविराम दुई दिन लम्ब्याउने सहमति भएको छ। मध्यस्थता गरिरहेको कतारले दुई पक्ष दुई दिन युद्धविराम लम्ब्याउन सहमत भएको जानकारी दिएको छ।

triton college

कतारी विदेशमन्त्री डा. मजिद बिन मोहम्मद अल अन्सारीले सहमति भएसँगै इजरायलले थप ३३ जना र हमासले ११ जना बन्दी छाडेको पनि जानकारी दिएका छन्। हमासले छाडेका ११ जनामा तीन फ्रान्सेली, दुई जर्मन र ६ अर्जेन्टिनी नागरिक छन्।

अहिलेसम्म हमासले ६९ जना बन्धक छाडेको छ भने इजरायलले १५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ। अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी विभिन्न देशका गरी करिब २५० जनालाई बन्धक बनाएको थियो। त्यसमध्ये नेपालका विपिन जोशी पनि छन्। उनी भने अझै हमासको कब्जामा रहेको विश्वास गरिएको छ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २ सयभन्दा बढी इजरायलीको मृत्यु भएको थियो। त्यसयता इजरायलले गाजा क्षेत्रमा भीषण आक्रमण गर्दै आएको थियो। इजरायली आक्रमणमा बालबालिकासहित १४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गत शुक्रबारदेखि इजरायल र हमासबीच अस्थायी युद्धविराम भएको हो।

प्रकाशित: Nov 28, 2023| 11:19 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्