आइतबार, भदौ २१, २०८३

बलात्कारपछि किशोरीको हत्या गर्ने शिक्षक जेल चलान

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा एक शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन्।

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको अभियोगमा बाँकेको खजुरा गाउँपालिका–७ घर भई शान्तिपुरमा बस्दै आएका २३ वर्षीय रहिस खाँलाई जिल्ला अदालत गुल्मीले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो। खाँ स्थानीय एक मस्जिद मदरसा गुल्सने मदिनामा ५ महिनादेखि शिक्षकका रूपमा कार्यरत थिए।

मनिषा खेतमा खेतालालाई सुर्ती पुर्‍याउन जाने क्रममा कात्तिक १६ गते शिक्षक खाँले फकाई मस्जिदभित्र लगेका थिए। त्यहीँ उनलाई बलात्कार गरी हत्या गरेर सोही राति नजिकैको हुग्दी खोलामा फालेका थिए। किशोरी स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन्।

प्रकाशित: Nov 28, 2023| 11:15 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्