शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पानीको बोतलभित्र किरा भेटिएपछि महानगरले तिरायो एक लाख जरिवाना

पानीको बोतलभित्र किरा भेटिएपछि महानगरले तिरायो एक लाख जरिवाना

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

काठमाडौं- काठमाडौंको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ।

उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

उनले भने, ‘उक्त कम्पनीले उत्पादन गरेको पानीको बोतलमा किरा भेटिएपछि प्रहरी कहाँ उजुरी परेको थियो, आज छानबिन गरेर महानगरपालिकाले जरिबाना तिराएको हो।’

महानगरले उक्त कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेलाबेला मेसिन पनि परीक्षण गराउन निर्देशन दिएको प्रवक्ता मानन्धरले बताए।

प्रकाशित: Nov 27, 2023| 20:37 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्