आइतबार, वैशाख १३, २०८३

चितवनको सवारी दुर्घटना: चार महिनामा २३ जनाको मृत्यु

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

चितवन- पछिल्लो चार महिनामा सवारी दुर्घटनामा परी चितवनमा २३ जनाको ज्यान गएको छ। चालु आर्थिक वर्षको चार महिनामा जिल्लामा भएका ८८ दुर्घटनामा उनीहरुले ज्यान गुमाएको  जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ। मृत्यु हुनेमा २१ जना पुरुष, दुई जना महिला छन्। 

National life

कार्यालय प्रमुख  प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार दुर्घटनामा परी दुई सय २९ जना घाइते भएका छन्। जसमध्ये ४७ जना गम्भीर घाइते भएका छन् भने एक सय ८२ जना सामान्य घाइते भएका छन्। 

जिल्लामा भएका सवारी दुर्घटनामा एक सय ३७ वटा सवारी साधन परेका छन्। सुवेदीका अनुसार जिल्लामा भएका पूर्व-पश्चिम लोकमार्गमा २१ वटा दुर्घटना भएका छन्। यस्तै नारायणगढ-मुग्लिन सडक खण्डमा १३ वटा, पृथ्वी राजमार्गमा तीन वटा, सहरी सडक खण्डमा ६ वटा र भित्री सडकमा ४५ वटा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ।

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गर्दै आइरहेको सुवेदीले बताए। उनका अनुसार कार्यालयले जनचेतनामूलक कार्यक्रम र प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आइएको छ।

उनले भने , ‘मुख्य राजमार्गमा जनचेतनामूलक होडिङ बोर्ड राख्ने काम सुरु गरिएको छ।’ दुर्घटना न्यूनीकरणका लागि आकस्मिक चेकजाँचलाई समेत तीव्र बनाइएको सुवेदीले बताए।

kumari

प्रकाशित: Nov 28, 2023| 05:02 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्