मंगलबार, पुस १, २०८२

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- काठमाडौं महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार पाँच सयसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ सतुङ्गल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

उनका अनुसार प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित गएराति पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले अनसुन्धान गरिरहेको प्रवक्ता कडायतले बताए।

प्रकाशित: Nov 27, 2023| 19:41 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्