शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रसाईंको आन्दोलनमा अराजक अभिव्यक्ति दिने विवादास्पद धर्मगुरु पक्राउ

प्रसाईंको आन्दोलनमा अराजक अभिव्यक्ति दिने विवादास्पद धर्मगुरु पक्राउ

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

काठमाडौं- दुर्गा प्रसाईंको नेतृत्वमा आज गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले उग्र अभिव्यक्ति दिएका छन्। आफ्ना समर्थकसहित गेरुवस्त्रमा त्रिशूल बोकेर आएका उनले उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीले पक्राउ गरेको छ।

Gaushala-Jhadap-1701079021.jpg
बिहीबार सुरु भएको प्रदर्शन आइतबारसम्ममा शिथिल भइसकेको थियो। तर आज विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा आन्दोलन भएको हो। गौशालामा प्रदर्शनकारीले तोडफोड गर्नुका साथै ढुंगासमेत हानेका छन्।

यसअघि श्रीनिवासले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा खुकुरी देखाउँदै उत्तेजक भाषण गरेका थिए। त्यसबेला पनि उनी पक्राउ परेका थिए। श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्न लगाएका समेत थिए।

प्रकाशित: Nov 27, 2023| 15:47 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्