शुक्रबार, असार २६, २०८३

सिन्धुपाल्चोकमा जन्मिए 'प्रधानमन्त्री'

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

काठमाडौं- कहिलेकाहीँ मानिसहरु अनौठो काम गर्छन्, अनौठो नाम राख्छन्। सिन्धुपाल्चोकमा यस्तै भएको छ। जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका एक दम्पतीले आफ्नो छोराको नाम प्रधानमन्त्री राखिदिएका छन्। प्रधानमन्त्रीका बाबु फुर्बा तामाङ हुन् भने आमा सम्झना तामाङ।

सो नगरपालिकाको वडा नम्बर ३ कार्यालयले जारी गरेको जन्म दर्ता प्रमाणपत्र अनुसार प्रधानमन्त्रीको जन्म दर्ता नम्बर २०८००८०५००१८४ हो। जन्म दर्ता प्रमाणपत्रमा स्थानीय पञ्जिकाधिकारी सिम्रन नेपालले हस्ताक्षर गरेकी छन्।

धुलिखेल अस्पतालमा २०८० मंसिर ५ गते जन्मिएका तामाङको जन्म दर्ता मंसिर १० गते भएको छ। छोराछोरीको नाम 'युनिक' राख्ने चलन त छ तर यत्तिको युनिक नाम भने सुनिएको थिएन।

बृहत् नेपाली शब्दकोशका अनुसार प्रधानमन्त्रीको अर्थ 'कुनै राष्ट्रको सबभन्दा ठूलो मन्त्री; मन्त्रीहरूमध्ये मुख्य; मन्त्रिमण्डलको अध्यक्ष' हो।

 

प्रकाशित: Nov 27, 2023| 14:06 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्