आइतबार, वैशाख १३, २०८३

बुबा र हजुरबाको हत्या गर्ने फरक-फरक व्यक्ति पक्राउ

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

झापामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा कमल गाउँपालिका-४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

National life

कराई र दाउले प्रहार गर्दा उनका बुवा ४५ वर्षीय भोला कुमार तामाङको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उता आफ्नै हजुरबुवा ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय कृष्ण खड्कालाई आइतबार दिउँसो प्रहरीले गरेको छ। कृष्ण लक्ष्मणको छोरीपट्टीको नाती हुन्।

आफ्नै आँगनमा लठ्ठीले कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले लठ्ठी मागेको कारण कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मणको स्वास्थ्य चौकी ठोरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्याल ठोरीबाट खटिएको प्रहरीले जंगलमा लुकिछीपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ।

kumari

 

प्रकाशित: Nov 27, 2023| 13:04 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्