शुक्रबार, असार २६, २०८३

गृहजिल्ला पुगेका एमाले सांसद् भट्टराईको गाडी तोडफोड

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

काठमाडौं-  पार्टीको कार्यक्रममा गृहजिल्ला ताप्लेजुङ पुगेका नेकपा एमाले सांसद योगेश भट्टराईको गाडी तोडफोड भएको छ। कार्यक्रमका लाागि ताप्लेजुङ पुगेका भट्टराई जिल्लाको सदरमुकाम फुङलिङमा कार्यक्रम सकेर फर्किने बेला उनको गाडीमाथि ढुंगा प्रहार भएको हो।

ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल कुमार मगरका अनुसार फुङलिङ बजारनजिकै फर्किने बेला भट्टराईको गाडीमाथि ढुंगा प्रहार भएको हो। उनी सवार गाडीको सिसा फुटेको छ।

ढुंगा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानले कोसी प्रदेश पहिचानवादी समूहले ढुंगा प्रहार गरेको देखाएको छ। पहिचानवादी समूहले विगत केही महिनादेखि कोशी प्रदेशको नाम परिवर्तन गर्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएको छ। 
 

प्रकाशित: Nov 26, 2023| 18:21 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्