आइतबार, वैशाख १३, २०८३

शरीर र मनलाई स्वस्थ राख्न नियमित गरौं यी योगासन

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

अचेल मानिसलाई जिन्दगीका अनेकौ चुनौतीको सामना गर्नुपरेको छ। व्यस्त जीवनशैलीका कारण मानिसको दैनिकी तनावपूर्ण हुनेगरेको छ।

National life

तनावका कारण मानिसको स्वास्थ्यमा धेरै नकारात्मक असर पर्ने गरेको छ। तनावले शरीरमा आलश्यता बढ्नुका साथै अन्य थुप्रै रोगको जोखिम हुन्छ। यस्तो बेला तनाव मुक्त रहन जरुरी हुन्छ। मानिसलाई तनाव मुक्त राख्न योग अभ्यासले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।

नियमित योगाभ्यास गर्ने मानिस तनाव मुक्त जिन्दगी जिउन सक्छ। र, जीवनमा आइपर्ने अनेकौ चुनौतीको सामना गर्न सक्छ। यस्ता कयौं किसिमका योगासन छन् जसको नियमित अभ्यास गर्दा हामी स्वस्थ्य लाभ लिन सक्छौं। 

तान्डासन
शरीर स्वस्थ र शान्त राख्नको लागि हामीले नियमित तान्डासन गर्नु पर्नेहुन्छ। यस आसनबाट धेरै किसिमको स्वास्थ्य लाभ लिन सकिन्छ। नियमित तान्डासन गर्दा शरीरलाई विभिन्न किसिमका रोगहरूबाट टाढा राख्नुका साथै हार्डजोर्नीको दुखाइ र ढाडको समस्याबाट छुटकारा पाउन सकिन्छ। 

धनुरासन
शरीर स्वस्थ राख्नको लागि यो आसन धेरै राम्रो मानिन्छ। यो आसन नियमित गर्नाले रगत सफा गर्नुका साथै रगत सर्कुलेशन राम्रो हुन्छ। यो आसन मनोरोग भएका बिरामीको लागि विषेश लाभदायी हुने गर्छ।

kumari

सर्वांगासन
यो आसन नियमित रुपमा गर्नाले विभिन्न किसिमका तनावबाट छुटकारा पाउन सकिन्छ। मन शान्त हुनुका साथै स्मरण शक्ति बढ्छ। सर्वंगासनले शरीरमा हुने रगत सफा राख्न मद्दत पुर्‍याउँछ।

पश्चिमोत्तानासन
मनलाई शान्त बनाइ राख्न यस आसनको विषेश भूमिका रहन्छ। यो आसन नियमित गर्नाले तनावबाट मुक्ति मिल्दछ। यसले चिन्ता तथा दिमागसँग जोडिएका समस्याबाट छुटकारा पाउन सकिन्छ।   -अमर उजालाबाट

प्रकाशित: Nov 27, 2023| 05:02 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्