मंगलबार, पुस १, २०८२

खानलाउन नदिएको र कुटपिट गरेको भन्दै चितवनमा १६७ निवेदन

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

चितवन- चितवन जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन्।

National life

जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन्। दर्ता भएका निवेदनमध्ये खान लाउन नदिएकोसम्बन्धी ४५ वटा, कुटपिटसम्बन्धी ७० वटा र गाली बेइज्जतीसम्बन्धी ५२ वटा छन्।

कूल निवेदनमध्ये एक सय २८ वटा मिलापत्र भएका छन्। साथै २२ वटा अदालती प्रक्रियामा गएका छन् भने १७ वटा छलफलका क्रममा रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार सय ४३ घरेलु हिंसाका निवेदन दर्ता भएका थिए। आर्थिक वर्ष २०७९/८० मा यो सङ्ख्या तीन सय ९५ थियो। निवेदनमध्ये सबैभन्दा धेरै कुटपिटसम्बन्धी उजुरी रहेको उनले जानकारी दिए।

यस्तै, कार्यालयको तथ्याङ्कअनुसार चालु आवको कात्तिकसम्ममा १६ वटा जबरर्जस्ती करणीका उजुरी दर्ता भएका छन्। यस्तै दुई वटा जबरर्जस्ती करणी उद्योगसम्बन्धी, १३ वटा बालयौन दुर्व्यवहारसम्बन्धी, एउटा अप्राकृतिक मैथुनसम्बन्धी, चार वटा बहुविवाह र एउटा बालबिबाहसम्बन्धी उजुरी दर्ता भएका छन्।

प्रकाशित: Nov 27, 2023| 05:41 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्