आइतबार, वैशाख १३, २०८३

क्यानडाको राजदूतमा सचिव पौड्याल अनुमोदन

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

क्यानडाको राजदूतका लागि सिफारिस भएका भरतराज पौड्यालको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ। समितिको आजको बैठकले पौड्यालको नाम अनुमोदन गरेको हो।

National life

हाल परराष्ट्र मन्त्रालयका सचिव रहेका पौड्याललाई सांसदहरूले विभिन्न प्रश्न सोधेका थिए। उनीमाथि परराष्ट्र सचिव हुँदा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्नै छोरीलाई स्वीट्जरल्याण्ड पठाएको आरोप लागेको थियो।

सांसदहरूले उनीमाथि लागेको लिखित आरोपबारे सुनुवाइका बेला प्रश्न उठाएका थिए। ती प्रश्नहरूको जवाफमा पौड्यालले यस्तो प्रश्नको जवाफ दिनुपर्दा आफूलाई अप्ठ्यारो महसुश भएको बताएका थिए। उनले भने, 'मेरी छोरी उनकै बलबुतामा आंशिक छात्रवृत्तिमा नाम निकालेर गएकी हुन्।’

राजदूतमा अनुमोदन भएका पौड्यालले दक्षताका आधारमा परराष्ट्र मन्त्रालयका सचिवहरू पहिले पनि राजदूतमा सिफारिस हुने गरेको नजिर पेश गर्दै राजदूतका रूपमा आफूले सकेको योगदान गर्ने बताए।

उनलाई सरकारले गत कात्तिक ३ गते क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो। परराष्ट्र सचिव पौड्यालको कार्यकाल यही मंसिर २० गते सकिँदैछ।

kumari

प्रकाशित: Nov 26, 2023| 16:57 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्