बुधबार, पुस २, २०८२

घ्याप्चे पहिरोको उच्च जोखिममा गैराथोक र अर्चलेका बस्ती

पहिरोका कारण विशेष गरी मन्थली नगरपालिका-४ गैराथोक र वडा नं ३ अर्चलेका बस्ती उच्च जोखिममा छन्। साथै लिखु तामाकोशी गाउँपालिका-३ र ४ बिजुलीकोटको केही भागमा समेत क्षति पुगेको छ।
 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

रामेछाप- मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिकाको सिमानामा लामो समयदेखिका समस्याका रुपमा रहेको घ्याप्चे पहिरोको समस्या समाधान नहुँदा स्थानीय सधै त्रासमा जिउनुपर्ने अवस्था सिर्जना भएको छ।

National life

पहिरोका कारण विशेष गरी मन्थली नगरपालिका-४ गैराथोक र वडा नं ३ अर्चलेका बस्ती उच्च जोखिममा छन्। साथै लिखु तामाकोशी गाउँपालिका-३ र ४ बिजुलीकोटको केही भागमा समेत क्षति पुगेको छ।

विसं २०११ देखि जान थालेको यस पहिरोका कारण कयौँ घरपरिवार विस्थापित भइसकेका छन् भने हाल १५ घर पूर्णरुपमा जोखिममा छन्। यसअघि पुनर्वास कार्यक्रम अन्तर्गत १० घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। पहिरोको रोकथाम नगर्ने र यसैगरी हिउँद र बर्खामा पहिरो निरन्तर गइरहँदा गैराथोकका तीन सय घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको स्थानीयले सोमप्रसाद भट्टराईले बताए।

भट्टराईका अनुसार घ्याप्चे पहिरोको कारण कैयौँ मानिसले ज्यानसमेत गुमाइसकेका छन् भने वन र खोलामा चराउन लगेको कैयौँ पशुचौपयासमेत रणजोर खोलामा बगेका छन्। यस ठाउँबाट विसं २०११ साउनमा पहिलो पटक पहिरो गएको भए पनि २०४०, २०५१ र २०६१ मा गएको पहिरोले विकराल रुप लिएको स्थानीयको भनाइ छ। 

पछिल्लो तीन वर्षयता पहिरोका कारण त्रास बढेको स्थानीय तीर्थराज श्रेष्ठको भनाइ छ। पहिरो एक्कासी बढेपछि आसपासका बस्तीका मानिस त्रसित भएका छन्। पानी परेको बेला राति जागै बसेर रात काट्ने अवस्था आएको स्थानीय गोमा भट्टराई बताउँछिन्। उनले भनिन्, 'पहिरो गएको बेलामा घर नै पूरै थर्किन्छ, जमिन भासिएकोजस्तो हुन्छ, पहिरोका कारण पूरै गाउँ त्रसित छन्।' पहिरोका कारण हजारौँ रोपनी खेतबारी बगाएर शिक्षकसमेत रहेका स्थानीय भट्टराईको भनाइ छ।

Laxmi sunrise bank
kumari

ghyapcheko_pahiro_manthali_ramechhap-1700996562.jpg

केही वर्ष पहिले घ्याप्चे पहिरो रोकथामका लागि जलाधार कार्यक्रम अन्तर्गत गैराथोकस्थित रणजोर खोला किनारमा जाली हाल्ने काम भएपनि जाली एक वर्ष पनि नटिकेको उनले बताइन्। वातावरणीय प्रभाव मूल्यांकन गरी बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथाम गर्न सकिने इन्जिनियर डिल्ली अधिकारी बताउँछन्।

घ्याप्चे पहिरोको कारण रणजोर खोलाको चौडाई बर्सेनि बढ्दै जाँदा २७ मिटरदेखि तीन सय मिटरसम्म फैलिसकेको छ भने मन्थली नगरपालिकाको कुल क्षेत्रफल २११ दशमलव ७७ वर्ग किलोमिटरमध्ये घ्याप्चे पहिरोले २३ दशमलव ८९ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ। जसका कारण रामेछापको सदरमुकाम मन्थलीसमेत उच्च जोखिममा परेको छ।

प्रकाशित: Nov 26, 2023| 20:21 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्