शुक्रबार, असार २६, २०८३

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट फिर्ता 

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै नजरबन्द बनाइएको भन्दै दायर रिट फिर्ता भएको छ। 

दुर्गा प्रसाईंको हकमा गत शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए।

उक्त रिट न्यायाधीश कुमार चुडालको इजलासमा बहस हुँदै गर्दा प्रसाईं खुल्ला रुपमा भाषण गरिरहेको प्रसंग उठेपछि अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका हुन्।

प्रकाशित: Nov 26, 2023| 15:17 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्