आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी, अर्काको छात्रवृत्ति छोरीलाई दिलाएको आरोप

प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी, अर्काको छात्रवृत्ति छोरीलाई दिलाएको आरोप

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

काठमाडौं- क्यानडाका लागि नेपालको राजदूतमा सिफारिस भएका भरतराज पौड्यालविरुद्व संसदीय समितिमा उजुरी परेको छ। पौड्यालविरुद्व सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोपसहित उजुरी परेको हो।

National life

पौड्याल राजदूत पदका लागि अनुपयुक्त रहेको र उनले सरकारका कर्मचारीका लागि प्राप्त हुने छात्रवृत्ति कर्मचारीलाई नदिएर आफ्नै छोरीलाई दिलाएको भन्दै उजुरीहरु परेका छन्। उनले त्यस्तो छात्रवृत्तिमा आफ्नी छोरीलाई स्वीट्जरल्याण्ड पठाएर आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै दूतावासका कर्मचारीमार्फत त्यहाँका कर्मचारीकै आवास गृहमा राखेर छोरीलाई पढाएको समेत आरोप लागेको छ। समितिमा परेका उजुरीहरुमा पौड्यालविरुद्व खरिदार र सुब्बा जाने विदेशी कार्यक्रममा समेत आफैं जाने र भत्ता आर्जन गर्ने गरेको आरोपसमेत लगाइएको छ।

पौड्यालविरुद्व परेको अर्को उजुरीमा परराष्ट्र मन्त्रालयको पदबाट अवकाश हुन नपाउँदै राजदूत नियुक्तिको मापदण्ड र प्रक्रियाविपरीत व्यापक लापरवाहीपूर्ण ढंगले राजदूत नियुक्त गरिएको भन्दै सो निर्णय फिर्ता लिनुपर्ने माग गरिएको छ।

सरकारको निर्णयपछि संसदीय सुनुवाई समितिले राजदूतमा सिफारिस भएका उनीमाथि छानबिन थाल्दै उनको नियुक्तिविरुद्व उजुरीका लागि सार्वजनिक आव्हान गरेको थियो। हाल परराष्ट्र मन्त्रालयको सचिव रहेका पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।

पौड्याल यही २० मंसिरमा सेवाबाट अवकाश पाउँदैछन्। उनको नियुक्तिका विषयमा आइतबार संसदीय सुनुवाई समितिले सुनुवाई गर्दैछ।

kumari

प्रकाशित: Nov 26, 2023| 13:22 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्