बुधबार, पुस २, २०८२

कांग्रेस नेता लेखकलाई लखनउ विश्वविद्यालयको विशिष्ट सम्मान

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

काठमाडौं- नेपाली काङ्ग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकलाई भारतको प्रतिष्ठित विश्वविद्यालयले सम्मान गरेको छ। स्थापना दिवसको अवसरमा लखनउ विश्वविद्यालयले नेता लेखकलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीतिमा विशिष्ट योगदान दिएका भनेर विशिष्ट व्यक्तिको रुपमा सम्मानित गरेको हो।

National life

नोभेम्बर २५ मा विश्वविद्यालयले आफ्नो स्थापना दिवस मनाउने गर्ने गर्दछ। सोही अवसरमा काङ्ग्रेस नेता लेखक सहित १०३ औं स्थापना दिवसको अवसरमा ७ जना पूर्व विद्यार्थीलाई विश्वविद्यालयले सम्मान गरेको छ।

विश्वविद्यालयले विगतदेखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउने आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ। लखनउ विश्वविद्यालयले भारत लगायत विदेशको शैक्षिक विकासमा समेत ठूलो योगदान गर्दै आएको भन्दै नेता लेखकले शैक्षिक विकासमा विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिएको बताए।

"केही समय अघि लखनउ विश्वविद्यालयका उपकुलपति प्रा. आलोक  कुमार र नेपालका त्रिभुवन विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिबीच शैक्षिक  विकासमा साझेदारी गर्ने विषयमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको अवस्था छ," नेता लेखकले भने, "नेपाली पक्षबाट भएका शैक्षिक विकासका समझदारी, साझेदारी  लगायतका सम्झौताहरु कार्यान्वयनका लागि मेरो पहलकदमी हुनेछ।" आउँदा दिनमा समेत शैक्षिक विकासको लागि विश्वविद्यालयसँग थप सहकार्य साझेदारी गर्ने उनले बताए।

नेता लेखकले सन् १९८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए। लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक समेत छन्। यसअघि २ पटक मन्त्री भैसकेका नेता लेखक कञ्चनपुर–३ बाट निर्वाचित सांसद हुन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 26, 2023| 13:14 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्