बुधबार, पुस २, २०८२

पाँच दिनमा पनि भएन चितवनमा भेटिएका दुई शवको पहिचान

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

चितवनमा हत्या गरी फालिएको अवस्थामा भेटिएका दुई जनाको सनाखत पाँच दिनमा पनि हुन सकेको छैन। बुधबार दिउँसो पौने १ बजेतिर भरतपुर महानगरपालिका-१२ मिलनचोक स्थित पूर्व-पश्चिम लोकमार्ग सडकको कल्भर्ट मुनी दुई जनाको शव फेला परेको थियो।

National life

जिल्ला प्रहरी कार्यालयका अनुसार शव पहिचान हुन नसक्दा  अनुसन्धान गर्न पनि जटिल भइरहेको छ। कल्भर्ट मुनी दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्थामा पुरूष र महिलाको शव फेला परेको थियो।
शव पहिचान नभएपछि प्रहरीले मृतकको शरीरमा रहेका चिजवस्तु, चिन्ह तथा कपडाहरुको तस्बिर सार्वजनिक गर्दै पहिचानमा सहयोग गर्न आग्रह गरेको छ।

प्रहरीले शव पहिचानका लागि ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लाहरूमा समेत हुलिया परिपत्र गरेको छ। पहिचान खुलेमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनमा ९८५५०९०१३३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

पुरुषको शरीरमा रहेका चिजवस्तु तथा चिन्हहरु:
१) SUPER DRY लेखिएको निलो रंगको कट्टु
२) DURO 80 DOUBLE लेखिएको कलेजी रंगको पेन्टी थान
३) RUPA FRONTLINE साइज 80 CM लेखिएको सेतो रंगको सेन्डो

महिलाको शरीरमा रहेका चिजवस्तु तथा चिन्हहरु:
१) SIZE L लेखिएको प्याजी रंगको लेगिन्ज
२) सल ( रातो र पहेलो रंग मिसिएको र रातो रंगको )
३) माला (रातो डोरा सहित एकापट्टि दुर्गा माता र अर्कोपट्टि मन्दिर जस्तो देखिने फोटो भएको)
४) कानको झुम्का
५)  बायाँ हातमा A, M र Y (अस्पष्ट ) जस्तो र S स्पष्ट लेखिएको र चित्र आकार भएको ट्याटु
६) पेन्टी रातो वा कलेजी रंगको
७) ब्रा सेतो बुट्टा भको पहेंलो रंगको
८) टप्स ढाकाको जस्तो बुट्टा भएको छिर्केमिर्के रंगको

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 26, 2023| 12:34 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्