बुधबार, पुस २, २०८२

फेरि सुरु भयो सूर्यविनायक-रत्नपार्क द्रुत बस

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

काठमाडौं- सूर्यविनायक-रत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ। ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बस चलाइएको हो।

National life

यसअघि २५ वटा बस चलाइएकोमा थप ११ वटा समेत गरी अब रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन्। सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ।

यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५-५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्थे। यात्रुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा सुरु गरेको थियो। तर यो सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित भएको थियो।

अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टासम्म समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ। माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बस रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन्।

द्रुत बसको भाडा रत्नपार्क-सूर्यविनायक रुटमा चल्ने अरु सार्वजनिक बससरह भएको बताइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 26, 2023| 08:47 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्