शुक्रबार, असार २६, २०८३

गोली लागेको अवस्थामा एक जना मृत फेला

 |  आइतबार, मंसिर १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १०, २०८०

इलाममा एक जना पुरुष गोली लागेको अवस्थामा मृत फेला परेका छन्। जिल्लाको फाकफोकथुम गाउँपालिका–७ का ५५ वर्षीय मनबहादुर लिम्बू गोली लागेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। 

फाकफोकथुम–७ मा दौलत लिम्बूको घरको पश्चिमतिर लिम्बूको शव भेटिएको हो। भरुवा बन्दुकको गोली छातीमा लागे जस्तो देखिने लिम्बूको हातमा पनि चोट रहेको पाइएको छ।

लिम्बूको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 26, 2023| 08:41 आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्