प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सात दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरिएको हो। प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।