बुधबार, पुस २, २०८२

बन्धक रिहा गरेर हमासले के पाउँछ?

विशेष गरी कुनै रणनीतिक महत्व नभएका थाइल्याण्ड र नेपालका अनुमानित दुई दर्जन मजदुरहरू रिहा गरेको बीबीसीले जनाएको छ। उनीहरु न त इजरायली हुन् न त यहुदी नै। 
 |  शनिबार, मंसिर ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ९, २०८०

काठमाडौं- इजरायल र हमासबीचको अस्थायी युद्धविराम सम्झौताले चलिरहेको द्वन्द्वका बीच केही राहत महसुस भएको छ। तर, यसले बन्धक संकटको अन्त्यको संकेत गर्दैन र बन्धक संकटको अन्त्यको सुरुवात पनि होइन। 

National life

पछिल्ला दिनहरूमा दर्जनौं वृद्ध, महिला र बालबालिका बन्धकहरूको रिहाईलाई इजरायलीहरूले ठूलो राहत महसुस गर्दै स्वागत गरिरहेका छन्। यद्पि हमासको नियन्त्रणमा अझै पनि १५० भन्दा बढी बन्धकहरु रहेका छन्। तर हमासका लागि भने यो संख्या विगतको ठूलो संख्याभन्दा पनि फाइदाजनक हुनसक्ने विश्लेषणहरु भइरहेका छन्। 

यसअघि हमासले इजरायली सीमा क्षेत्रमा आक्रमण गरेपछि २४० भन्दा बढीलाई अपहरण गरेर बन्धक बनाएको थियो। बाहिरबाट हेर्दा इजरायलका लागि हमासले बन्धक बनाएका २४० जना टाउको दुखाइ भए पनि हमासका लागि पनि त्यति सहज भने थिएन। 

हमासका लागि पनि २४० जना ठूलो बोझ बनिरहेका थिए। बन्धकहरूलाई निरन्तर हेरचाह, अनुगमन, र - आवश्यकता अनुसार एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्ने थियो। यसका साथै हमासले नियन्त्रणमा लिएका वृद्ध र बिरामीहरुलाई थप चिकित्सा सुविधा उपलब्ध गराउनुपर्ने अर्को समस्याले पनि हमासका लागि जटिलता थपेको थियो। 

बन्धकलाई छुटकारा दिएर हमासले दया देखाएको भने होइन। विशेष गरी कुनै रणनीतिक महत्व नभएका थाइल्याण्ड र नेपालका अनुमानित दुई दर्जन मजदुरहरू रिहा गरेको बीबीसीले जनाएको छ। उनीहरु न त इजरायली हुन् न त यहुदी नै। 

Laxmi sunrise bank
kumari

अन्य बन्धकहरुलाई राख्‍नु भनेको 'वैधता' पुष्टि हुनेसमेत बीबीसीले जनाएको छ। किनभने उनीहरू प्रायः इजरायली सैनिकहरू वा लडाइँ उमेरका पुरुषहरू हुन्। हमासले उनीहरुलाई 'शत्रु लडाकू' को रुपमा चित्रण गरेको छ। 

बाँकी रहेका बन्धकहरुलाई अब हमासले आफ्ना मागहरुमा सहमत गराउन दबाब बढाउने बताइएको छ। हमासले केही दर्जन बन्धक रिहा गरेर हजारौं प्यालेस्टिनीहरूलाई रिहा गराउन सहमत भएको छ। हमासले हाल इजरायली जेलमा रहेका आफ्ना हजारौं सदस्यहरूलाई रिहा गर्न माग गरेको छ। 

हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन २४ जना बन्धकहरूलाई रिहा गरेको छ। अन्तर्राष्ट्रिय रेडक्रसले इजरायली महिला र बालबालिका र थाइल्यान्डका कामदारहरू रिहा भएको जनाएको छ।

इजरायल-हमास युद्ध सुरु भएको डेढ महिनापछि चार दिनका लागि युद्धविराम भएको हो। युद्धविरामको पहिलो दिन २४ जना बन्धक रिहा गरिएको रेडक्रसले पुष्टि गरेको हो। बन्धकहरू रिहा भएपछि एक्सको पोस्टमा २४ बन्धकहरूको सुरक्षित रिहाइको पुष्टि गर्न पाउँदा खुसी भएको रेडक्रसले उल्लेख गरेको छ।

मुक्त गरिएका १३ जना इजरायली, १० जना थाई र एक जना फिलिपिनी नागरिक हुन्। इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा चार दिनभित्र ५० बन्धक र १ सय ५० प्यालेस्टिनी कैदी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो। शुक्रबारै इजरायली जेलमा राखिएका ३९ प्यालेस्टिनी बन्दीहरू पनि रिहा भएका छन्।

गत अक्टोबर ७ मा इजरायलमा गरेको हमलाका क्रममा हमासले करिब २ सय ४० जनालाई बन्धक बनाएको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामाथि इजरायलको आक्रमणमा हालसम्म १४ हजारभन्दा बढीको मृत्यु भएको छ। तीमध्ये ५ हजारभन्दा बढी बालबालिका हुन् ।

प्रकाशित: Nov 25, 2023| 17:44 शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्