बुधबार, पुस २, २०८२

तलबका लागि आन्दोलनरत शिक्षक मृत फेला

 |  शनिबार, मंसिर ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ९, २०८०

बाराको सिम्रौनगढ नगरपालिकामा शिक्षक मृत फेला परेका छन्। सिम्रौनगढ–८  कचोर्वामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक नरेन्द्र पराजुली मृत अवस्थामा फेला परेका हुन्।

National life

शुक्रबार बेलुका कचोर्वा नयाँ बजारमा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ। सिन्धुपाल्चोक घर भएका पराजुली गत चैतदेखि त्यस विद्यालयमा कार्यरत थिए। शिक्षक सेवा आयोगबाट नाम निकालेपछि उनी त्यस विद्यालयको दरबन्दीमा थिए।

शिक्षकको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याइएको छ।

मृतक पराजुलीले पाँच महिनादेखि नगरपालिकाबाट तलबसुविधा पाएका थिएनन्। उनी नगरपालिकाविरुद्ध आन्दोलनरत थिए। लामो समयदेखि तलब नपाएर शिक्षक पराजुली निकै तनावमा रहेको बताइएको छ।

शिक्षक पराजुलीले काठमाडौंमा अध्ययनरत छोरीलाई समेत पढाइ खर्च पठाउनु पर्ने थियो। तर दैनिक खाना खानलाई समेत पैसा नभएको गुनासो उनले साथीहरुलाई सुनाउने गरेका थिए। लामो समयसम्म तलब नपाएर आर्थिक अभाव झेल्दै आएका उनले सहन नसकेर मृत्युको बाटो रोजेको हुन सक्ने सहकर्मीहरुले बताएका छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Nov 25, 2023| 16:54 शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्