बुधबार, पुस २, २०८२

त्रिवि पुस्तकालय २४ सै घण्टा सञ्चालन

 |  शनिबार, मंसिर ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ९, २०८०

काठमाडौं- त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४ सै घण्टा सञ्चालनमा आएको छ। विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो।

National life

पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पढ्ने मानिसलाई सहजताका लागि पुस्तकालयको तीन अध्ययन कक्ष सातै दिन २४ सै घण्टा नै खुला गरिएको जानकारी दिए। उनका अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आग्रहमा त्रिविले पुस्तकालयको अध्ययन कक्ष २४ घण्टा सञ्चालनमा ल्याएको हो।

यसअघि पुस्तकालयको अध्ययन कक्ष बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने गरेको थियो। “दिउँसो समय नहुने विद्यार्थीका लागि हामीले सहजता उपलब्ध गराउने उद्देश्यले रातभर नै पुस्तकालयको अध्ययन कक्ष सञ्चालन ल्याएको हौँ”, सुवेदीले भने, “राति एक समूहका विद्यार्थी आउने गरेका छन्।”

पुस्तकालय अधिकृत विजय शर्माका अनुसार अनुसन्धानकर्र्ता, दिउँसो काम गर्ने र राति अध्ययन गर्नेलगायत व्यक्ति रातिको समयमा पढ्न आउने गर्दछन्। “रातिको समयमा दैनिक १५ देखि २० जना आउने गर्नुभएको छ”, उनले भने, “साँझ ७ बजे आएर बिहान ६ बजेसम्म पढेर जाने समूह छ।” पुस्तकालयको सदस्यता लिएका जोकोही पनि राति आएर पढ्न पाउने शर्माले जानकारी दिए।

“रू एक हजारमा एक वर्षको, रू छ सयमा छ महिनाको पुस्तकालयको सदस्यता बन्न सकिन्छ”, उनले भने, “त्रिविका विद्यार्थीबाहेक सात सय पुस्तकालयको सदस्यता बनेका छन्।” पुस्तकालय अधिकृत शर्माले राति पढ्ने विद्यार्थी प्रायजसो एकाग्रह भएर पढ्ने खालका, घरमा पढ्ने वातावरण नभएका आउने गरेका बताउनुभयो।

Laxmi sunrise bank
kumari

“खाना खाएर विद्यार्थी अध्ययन कक्षमा लगातार पढ्ने गरेका छन्”, उनले भने, “अहिले धेरैजसो वरिपरिका विद्यार्थी नै रहेका छन्।” शर्माका अनुसार राति पढ्ने विद्यार्थीका लागि सिटीलाइट, बस र खाजा खाने क्यान्टिनलगायतको समस्या रहेको छ। पुस्तकालयको मुख्य भवन पनि खुल्ने समय बढाइएको उनको भनाइ थियो।

प्रकाशित: Nov 25, 2023| 21:41 शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्