बुधबार, पुस २, २०८२

वनभोज गएको बस दुर्घटनामा, तीन जनाको मृत्यु

 |  शनिबार, मंसिर ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ९, २०८०

वनभोज गएका सर्वसाधारण चढेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।

National life

उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीको एक निजी विद्यालयको बस भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए। उनीहरू चढेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुर्घटनामा दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको हो। बसका चालक ४० वर्षीय भिखन चौधरी, सात वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय बिकास चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि जिल्ला बाहिर बठाइएको छ। अन्य घाइते ३३ जनाको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

त्रियुगा नगरपालिका र उदयपुरगढीको सीमा क्षेत्रमा दुर्घटना भएको हो।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Nov 25, 2023| 15:37 शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्