शुक्रबार, असार २६, २०८३

पोखरामा उठेको देउसीभैलोको रकम भूकम्प प्रभावितलाई

 |  शनिबार, मंसिर ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ९, २०८०

कास्की- पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई प्रदान  गरेको छ।

तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार पाँच सय ५५ भूकम्प प्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको उनले बताए। 

क्लबले फुटबल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ। हाल क्लबमा १२ जना बालकलाई आश्रय पाएका छन्। 

एकेडेमीमा ३० जनालाई शिक्षा, आवाससँगै फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ। क्लबले बर्सेनि पोखरामा  अन्तर्राष्ट्रिस्तरको अन्तरक्लब फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रकाशित: Nov 25, 2023| 21:02 शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्