बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गाउँपालिकाका पूर्वअध्यक्षलाई पेस्तोल पड्काउन दिँदा असईको जागिर धरापमा

गाउँपालिकाका पूर्वअध्यक्षलाई पेस्तोल पड्काउन दिँदा असईको जागिर धरापमा

 |  शनिबार, मंसिर ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ९, २०८०

काठमाडौं- बझाङको छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा पूर्व गाउँपालिका अध्यक्षलाई पेस्तोल पड्काउन दिने एक प्रहरी निलम्बित भएका छन्।

National life

आफ्नो साथमा भएको पेस्तोल पड्काउन दिने असई पुष्कल चन्द निलम्बनमा परेका हुन्। चन्दलाई शुक्रबार पदबाट निलम्बन गरिएको बताइएको छ।

निलम्बित असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेराका पूर्व गाउँपालिका अध्यक्ष अक्कल धामीलाई आफ्नो पेस्तोल पड्काउन दिएका थिए। करिब १ महिनासम्म घटनाबारे प्रहरी नेतृत्व अनविज्ञ रहेको थियो। प्रहरीले यस विषयमा जानकारी पाउनासाथ चन्दलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

पेस्तोल पड्काउने पूर्व गाउँपालिका अध्यक्ष धामीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 25, 2023| 14:39 शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्