शुक्रबार, असार २६, २०८३

कांग्रेस नेता चौधरी बलात्कार आरोपमा पक्राउ

 |  शनिबार, मंसिर ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ९, २०८०

एक महिलालाई बलात्कार गरेको आरोप लागेका सप्तरीका कांग्रेस नेता दीपेन्द्र चौधरी पक्राउ परेका छन्। चौधरीलाई शुक्रबार सप्तरी प्रहरीले पक्राउ गरेको हो।

३५ वर्षीया महिला बलात्कारको प्रयाससम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

जिल्ला अदालतबाट म्याद थप गराई चौधरीमाथि थप अनुसन्धान भइरहेको छ। अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ। चौधरी गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका थिए।

प्रकाशित: Nov 25, 2023| 14:06 शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्