बिहीबार, पुस ३, २०८२

असईले पेस्तोल पड्काएर खुसियाली मनाउँदा...

 |  शनिबार, मंसिर ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ९, २०८०

महोत्तरीमा प्रहरी चौकी इन्चार्जको पेस्तोल पड्केर गोली लाग्दा एक प्रहरी जवान घाइते भएका छन्। एकडारा गाउँपालिका–४ स्थित हलखोरी प्रहरी चौकीका इन्चार्ज असई रामईश्वर प्रसाद यादवको पेस्तोल पड्केर प्रहरी जवान राजेशकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

National life

डाँकालाई पक्रेर ल्याएको खुसीयालीमा असई यादवले पेस्तोल पड्काएका थिए। गत कात्तिक २० गते राति साढे दुई बजे जलेश्वर नगरपालिका—८ स्थित रतवारा बस्ने  भुवनेश्वर चौधरीको घरमा डकैती तथा अन्य अपराधिक घटनामा संलग्न रहेका आरोपीलाई गत कात्तिक २८ गते रौतहटको गरूडाबाट असई यादव नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको थियो।

विभिन्न आपराधिक घटनामा संलग्न भई फरार भएका डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका—२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई प्रहरीले नियन्त्रण्मा लिन सफल भएको थियो। त्यसैको खुशीयालीमा प्रहरी चौकीमा खानपिन गरी कात्तिक ३० गते राति असई यादव लगायतका प्रहरीले रमाइलो गरेका थिए।

असई यादवले पेस्तोल हातमा लिएर रमाइलो गर्दागर्दौ अचानक गोली पड्केको थियो। घटना ढाकछोप गर्न असई यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारतीय अस्पताल पुर्याएका थिए। त्यहाँ डाक्टरले गोली लागेको देखेपछि भारतीय प्रहरीलाई खबर गरेका थिए। प्रहरी जवान साह सप्तरीका बासिन्दा हुन्। भारतीय प्रहरीले सप्तरी प्रहरीलाई फोन गरेर जानकारी गराएपछि घटना बाहिरिएको हो।

महोत्तरी प्रहरीले घटनाबारे हिजो शुक्रबार दिउँसोमात्रै थाहा पाएको थियो। दुवैले घटना बाहिर नल्याउने आपसी सहमति गरेका थिए।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Nov 25, 2023| 14:04 शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्