आइतबार, वैशाख १३, २०८३

दुर्गा प्रसाईं समूहको प्रदर्शन सिफलमा

 |  शनिबार, मंसिर ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ९, २०८०

राजावादी र दुर्गा प्रसाईंका समर्थकले काठमाडौंस्थित सिफलमा प्रदर्शन गरेका छन्। शनिबार दिँउसो सिफलमा भएको प्रदर्शनमा सहभागी हुन प्रसाईं भक्तपुरस्थित निवासबाट प्रहरीको स्कर्टिङमा पुगेका थिए।

National life

प्रदर्शनकारीले हिन्दू राज्य र राजतन्त्रको पक्षमा नारा पनि लगाएका छन्। प्रदर्शनलाई लक्षित गर्दै उक्त क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ।

बिहीबार प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। बल्खुमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि सरकारले तीनकुने क्षेत्रमा शुक्रबारको प्रदर्शन रोक्ने प्रयास गर्यो।

नाराजुलुस गर्न खोज्ने २६६ जनालाई शुक्रबार नियन्त्रणमा लिइएको थियो। आज शनिबार पनि तीनकुने क्षेत्रमा बाक्लो संख्यामा प्रहरी उपस्थित छन्। आवातजावत गर्नेहरुमाथि प्रहरीले निगरानी बढाएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेकाले सुरक्षाको कारण देखाउँदै राजावादी समर्थकलाई तीनकुनेमा नभई सिफलमा ठाउँ दिइएको हो।

kumari

प्रकाशित: Nov 25, 2023| 13:58 शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्