आइतबार, वैशाख १३, २०८३

हमासले रिहा गर्‍यो २४ जना बन्धक

 |  शनिबार, मंसिर ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ९, २०८०

राहत कार्यमा संलग्न संस्था रेडक्रसले हमासद्वारा बन्धक बनाइएका २४ जनालाई रिहा गरेको पुष्टि गरेको छ। रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको पुष्टि गर्न पाउँदा हामी खुसी छौं।’

National life

अर्को पोस्टमा, संगठनले भनेको छ, ‘दुई पक्षहरूबीच तटस्थ भूमिका खेल्दै हामीले यी बन्धकहरूलाई गाजाबाट निकालेर इजिप्टको रफाह सीमामा ल्यायौं।’

यसअघि इजरायली सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार हमासले १३ इजरायली बन्धकहरूलाई राहत कार्यमा संलग्न संस्था रेडक्रसलाई हस्तान्तरण गरेको बताइएको थियो। यसैगरी हमासले थाइल्याण्डका केही बन्धकहरूलाई रिहा गरेको थियो।

सबै बन्धकहरूलाई रफाह क्रसिङ हुँदै इजिप्ट लगिएको छ। हमासले बन्धकहरूलाई रेडक्रसलाई कहाँ सुम्पेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन। इजिप्टले इजरायली बन्धकहरू इजिप्ट पुगेको जानकारी दिएको छ। 

हालसम्म हमासले १३ इजरायली बन्धकलाई रिहा गरेको समाचार प्राप्त भएको छ। थाइल्याण्डका प्रधानमन्त्रीले १२ थाई नागरिकलाई रिहा गरेको खबर दिएका थिए। यता हमास र इजरायलबीच मध्यस्थता गर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले रिहा गरिएकामा १३ इजरायली नागरिक, १० थाई र फिलिपिन्सका एक नागरिक रहेको बताएका छन्।
 

kumari

प्रकाशित: Nov 25, 2023| 07:46 शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्