शनिबार, असार २७, २०८३

जाडो छल्न घरभित्र बालेको आगोले दुई परिवारका चार जनाको मृत्यु

 |  शनिबार, मंसिर ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ९, २०८०

बर्दियामा घरभित्र बालेको आगोको धुवाँमा निसास्सिएर तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–४ तुलापुरमा रहेका दुई परिवारका चार जनाको निसास्सिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार भरत चन्दको घरभित्र आगो बालेका कारण उनका दुई वर्षीया छोरा कार्तिक चन्द र ७ वर्षीय कृष चन्दको मृत्यु भएको छ। यसैगरी भरत चन्दकी बहिनी ३२ वर्षीया राधा बुढा र उनकी ११ वर्षीया छोरी मनीषा बुढाको पनि निसास्सिएर ज्यान गएको छ। आगलागीबाट घाइते २८ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

घटना हुँदा घरधनी भरत चन्द भने बाँकेको कोहलपुरमा थिए। जाडो छल्नको लागि राति साढे १० बजेतिर उनीहरूले घरभित्र आगो बालेको र झ्यालढोका सबै बन्द हुँदा भित्र धुवाँ गुम्सिएका कारण बालबालिकासहित चार जनाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: Nov 25, 2023| 07:43 शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्