शनिबार, असार २७, २०८३

रबर उद्योगमा आगलागी हुँदा ३५ लाखको क्षति

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

झापा-  मेचीनगर नगरपालिका-१२ स्थित प्राकृतिक रबर उद्योगमा आज आगलागी हुँदा ३५ लाखको क्षति भएको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार आज उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पुर्‍याएको थियो। 

आगलागीबाट उद्योगको रोलर मेसिन र स्मोक हाउसमा पूर्णरुपमा क्षति पुगेको र भण्डारण गरेर राखिएको १० टन तयारी रबर खरानी भएको उद्योगका सञ्चालक शान्तिराम चिमरियाले बताए।

भण्डारण कक्षमा राखिएको डेढ सय मन धानसमेत जलेको छ। मेचीनगर नगरपालिकाबाट आएको दुईवटा दमकलले स्थानीयवासीको सहयोगमा आगो निभाएको थियो। झापामा प्राकृतिक रबरको खेती र उत्पादन हुँदै आएको छ।

रबरको रुखबाट सङ्कलन गरिने दूध जस्तै देखिने तरल पदार्थलाई प्रशोधन गरेर तयारी रबर बनाउने गरिन्छ। आगलागी भएको उद्योग रबर जोनमार्फत सरकारकोसमेत अनुदानमा स्थापना भएको थियो।

प्रकाशित: Nov 24, 2023| 21:18 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्