शनिबार, असार २७, २०८३

सात वर्षे बालिका बलात्कार आरोपमा विद्यालय सञ्चालक समातिए

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

महोत्तरीको गौशालामा छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विद्यालय पढ्न आएकी बालिकालाई बिहीबार दिउँसो पैसाको प्रलोभन देखाई विद्यालयको छतमा लगेर बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमीमा अध्ययनरत ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक ३३ वर्षीय जुगलकिशोर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले  जनाएको छ। अभिभावकले इलाका प्रहरी कार्यालय गौशालामा विद्यालय सञ्चालक साहले जबर्जस्ती करणी गरेको जाहेरी दर्ता गराएका छन्।

जाहेरीका आधारमा विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरीले जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट अनुसन्धानका लागि ५ दिनको म्याद लिएको छ। पीडित बालिका र आरोपितको स्वास्थ्य परीक्षण गराएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 24, 2023| 17:03 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्